[Show all top banners]

Nepte
Replies to this thread:

More by Nepte
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Maobadi le पुँजीवादलाई बढावा दिन
[VIEWED 2207 TIMES]
SAVE! for ease of future access.
Posted on 04-16-08 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


'सामन्तवाद अन्त्य र पुँजीवाद विकास नै वैज्ञानिक माक्र्सवाद हो,' नेता डा. बाबुराम भट्टराईले भने- 'हाम्रो सन्दर्भमा सामन्तवाद अन्त्य पुँजीवाद र निजी क्षेत्रको अधिकतम विकास समाजवाद हो ।' निजी सम्पत्ति हडप्ने, जमिन खोस्ने अफवाह बजार हल्लामात्र भएको पनि उनले बताए ।

http://www.kantipuronline.com/election/2064/news1.php?uid=636

काठमाडौं, ४ वैशाख- संविधानसभा निर्वाचनबाट ठूलो दल बनेको माओवादीका अध्यक्ष प्रचण्डले अर्थतन्त्रमा उदारधारलाई समर्थन गर्दै पुँजीवादलाई बढावा दिने बताएका छन् ।

निजी क्षेत्रका उद्यमी व्यवसायीलाई बुधबार सम्बोधन गर्दै उनले भने- 'हामीले पुँजीवादलाई नै बढावा दिने हो ।'

आफ्नो नेतृत्वको सरकारले पुँजीवादी अर्थतन्त्र विकास गर्न कुनै कसर बाँकी नराख्ने नीति अवलम्बन गर्ने जानकारी दिँदै उनले भने- 'हाम्रो उद्देश्य देशमा तीव्र आर्थिक चमत्कार गरेर देखाउनु हो ।'

भावी सरकारको अर्थनीतिबारे उद्यमी व्यवसायीमा अन्योल देखिएपछि माओवादीको उद्योग व्यवसाय विभागले निजी क्षेत्रसँग छलफल राखेको थियो । '

माक्र्सवादी सिद्धान्त भनेको पहिले सामान्तवाद समाप्त गरेर पुँजीवादको विकासतर्फ जाने हो,' प्रचण्डले भने- 'समाजवाद आउन अझै १-२ सय वर्ष लाग्ला ।'

जनयुद्ध, जनआन्दोलन र माओवादीको विजयलाई 'चमत्कार' भन्दै प्रचण्डले झन्डै एक घन्टा लामो भाषणमा आर्थिक क्रान्ति गर्ने शब्द पटक-पटक दोहोर्‍याएका थिए । माओवादीले गुणात्मक राजनीतिक, आर्थिक र सामाजिक विकासलाई 'र्‍याडिकल एजेन्डा' भन्दै आएको छ ।

निजी क्षेत्रलाई आर्थिक क्रान्तिको नेतृत्व लिन पनि उनीहरूले आग्रह गरे । 'नयाँ नेपाल बनाउनु भनेको आर्थिक क्रान्ति हो, हामी निजी क्षेत्रले यसमा नेतृत्व लिओस् भन्ने चाहन्छौं,' प्रचण्डले भने ।

आर्थिक क्रान्ति सफल बनाउन निजी क्षेत्रका उद्यमी व्यवसायीको हार्दिक र पूर्ण समर्थन चाहिएको उनीहरूले बताए ।

प्रचण्डले आर्थिक क्रान्तिले मात्रै देशमा शान्ति स्थापना र स्वतन्त्र राष्ट्रिय अस्तित्व हुने भएकाले पुँजी सिर्जना हुने आर्थिक क्रान्तिमा माओवादी सरकारको जोड हुने बताए । झन्डै दुई दशकदेखि नेपालले उदार अर्थनीति अवलम्बन गर्दै आए पनि माओवादीले यसलाई स्वीकारेको थिएन ।

'सामन्तवाद अन्त्य र पुँजीवाद विकास नै वैज्ञानिक माक्र्सवाद हो,' नेता डा. बाबुराम भट्टराईले भने- 'हाम्रो सन्दर्भमा सामन्तवाद अन्त्य पुँजीवाद र निजी क्षेत्रको अधिकतम विकास समाजवाद हो ।' निजी सम्पत्ति हडप्ने, जमिन खोस्ने अफवाह बजार हल्लामात्र भएको पनि उनले बताए ।

विगतमा पटक-पटक विवादको विषय बन्दै आएको श्रम ऐनलाई पनि परिमार्जन गर्ने आश्वासन प्रचण्डले दिए । 'श्रम ऐन लगानीकर्ता र श्रमिकबीचको सन्तुलन हुने गरी ल्याउने छौं,' प्रचण्डले भने- 'निर्वाचनअघि यसमा मिलाउन अप्ठ्यारो थियो तर अहिले हामीसँग जनताले दिएको शक्ति भएकाले यसमा कठोर कदम चाल्छौं ।'

निजी क्षेत्रले पटक-पटक श्रम ऐन श्रमिक पक्षधर मात्र भएकाले सुधार गर्नुपर्ने माग गर्दै आएको थियो ।

माओवादीले विदेशी लगानी आकषिर्त गर्ने पक्षमा पनि सकारात्मक रहेको बताएको छ । 'स्वदेशी लगानीलाई प्राथमिकता दिई विदेशी लगानीलाई स्वागत गरिने छ,' प्रचण्डले भने ।

स्वदेशी र विदेशी लगानीबीच 'फ्युजन' गरेर अघि बढ्ने प्रचण्डले बताए । निजी क्षेत्रका लागि लगानी प्रवर्द्धन, नाफाको वातावरण र पूर्वाधार विकासको वातावरण बनाउने माओवादीको भनाइ छ । रोजगारी बढाउने उद्योग व्यवसायमा लाग्न प्रचण्डले व्यवसायीलाई आग्रह गरे ।

माओवादीले हालको '२/३ प्रतिशत' को आर्थिक वृद्धिले नपुग्ने बताएको

छ । 'सर्पझैं घस्रने वृद्धि होइन, भ्यागुतोजस्तो उपि|mने वृद्धि आवश्यक छ,' डा. भट्टराईले भने । उनले '१५-२० प्रतिशत' को आर्थिक वृद्धि चाहिने बताए ।

माओवादीले विदेशी लगानीको पनि अपेक्षा गरेको तर स्वदेशी लगानीलाई प्राथमिकता दिने गरी संक्रमणकालीन आर्थिक नीति छिट्टै सार्वजनिक गर्नेछ । माओवादीको 'भिजन' नभएको प्रश्नमा अध्यक्ष प्रचण्डले '१०-२०-४०' अर्थात् १० वर्षे, २० वर्षे र ४० वर्षे रणनीति तय भइसकेको जनाए । सबैका लागि आर्थिक क्रान्तिसम्बन्धी नारा आफूले सोचिरहेको बताउँदै उनले भने- 'त्यो नाराले सबै तह र वर्गलाई झक्झकाउने छ ।'

माओवादीले व्यवसायी मैत्री वातावरणका लागि नाफाको प्रत्याभूति, रोजगारी सिर्जना र पूर्वाधार विकासमा जोड दिने जनाएको छ । लगानी प्रवर्द्धन र श्रमिक हितको सन्तुलन हुने गरी श्रम ऐन ल्याउने पनि प्रचण्डले बताए ।

सेना समायोजनसँगै औद्योगिक सुरक्षाका लागि 'औद्योगिक शक्ति वा बल' स्थापना गरी व्यवसाय निरन्तरताको प्रत्याभूति दिने उनले बताए । उनका अनुसार माओवादीले व्यावसायिक प्रवर्द्धन हुने गरी नयाँ क्रान्तिकारी कर नीति अवलम्बन गर्ने र ढिलासुस्ती अन्त्य गर्नेछ ।

'माओवादीमा स्वाँठ मात्र छैनन्, विश्व आर्थिक उतारचढाव अध्ययन गर्न नेपालकै उत्कृष्ट विज्ञहरू संलग्न छन्,' उनले आर्थिक क्रान्तिका लागि आफूले निःस्वार्थ नेतृत्व दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले व्यवसायीलाई तत्काल राहत कार्यक्रम पनि आउनसक्ने, १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन पुर्‍याउन विदेशी लगानीलाई बढावा दिने, सरकार निजी क्ष्ाेत्रको साझेदारीलाई प्राथमिकता दिने पनि जनाए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले लगानीमैत्री वातावरण तयार गर्न लचिलो श्रम नीति र औद्योगिक नीतिमा सुधार गर्नुपर्ने बताएका थिए । 'निजी क्षेत्र १२ वर्षसम्म माओवादीकै कारणले प्रताडित थियो,' उनले भने- 'अब मैत्री वातावरणको अभिभारा पनि माओवादीमै आएको छ ।'



 
Posted on 04-16-08 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पार्टीको नाम चाहिं माओवादी अनि सिद्धान्त चाहिं वैज्ञानिक मार्क्सवादी ? अनि निर्मम हत्या र गुन्डागर्दी चाहिं पक्कै वैज्ञानिक लेनिनवादी हुनु पर्छ ।


 
Posted on 04-16-08 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

  • हामीले नेतृत्वमा बुद्धि कम भएका स्वा“ठहरू थुपारेका छैनौं । नेतृत्वमा बुद्धिमानहरूको झुन्ड छ । सबैभन्दा बौद्धिक मान्छे केन्द्रित गरेका छौं, त्यसैले हामीलाई जोखिम उठाउन गाह्रो छैन ।
  • Karyakarta matra buddhi kam vayak swanth hun. Jasko vustigre niti bat chunav jitiyo

  • श्रम ऐन लगानीकर्ता र श्रमिकबीच सन्तुलन हुने गरी ल्याउने छौं । जनताले दिएको शक्ति भएकाले यसमा हामी कठोर कदम चाल्छौं ।
  •  

    shramik ko underma management basnu parnechha. ani chalchha good management

  • सेना समायोजनस“गै औद्योगिक सुरक्षाका लागि औद्योगिक शक्ति वा बल स्थापना गर्नेछौं ।
  • aafai dhami aafai boksi

    - प्रचण्ड

  • र्सपझैं घस्रने वृद्धि होइन, भ्यागुतोजस्तो उप्रिmने वृद्धि आवश्यक छ । ँ१५-२० प्रतिशत’ आर्थिक वृद्धि चाहिन्छ । 
  • kaslai YCL lai kee sara janatalai. Kee hisila yami jee ko natedar harulai. Unhaharule ta 1500% garla kee bikash

  • - डा. भट्टर्राई


  •  
    Posted on 04-16-08 10:26 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    अमन जीको भावानुवाद शत प्रतिशत सही  छ ।
     
    Posted on 04-16-08 10:59 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    tyahi pujibaad laii badhawa dina laii 14000 manche mareko, wahiyat. jati jogi aaye pani kanaii chireko. tyo pujibaad laii badhawa dina ta congress chadaii cha ni. true kahobaadi haru

     
    Posted on 04-16-08 11:39 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    पुँजीवादलाई बढावा दिनु त नराम्रो होइन तर पुँजीपतिलाई मात्रै बढावा दिने काम चाहिं माओवादीहरुले नगरे हुन्थ्यो ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 30 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    nrn citizenship
    अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
    Travelling to Nepal - TPS AP- PASSPORT
    emergency donation needed
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    मन भित्र को पत्रै पत्र!
    Morning dharahara
    Guess how many vaccines a one year old baby is given
    जाडो, बा र म……
    Susta Susta Degree Maile REMIXED version
    Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
    कल्लाई मुर्ख भन्या ?
    1974 AD Pinjadako Suga Remixed
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters