जसरी नेपाल भरि नै खस बहुलता हुँदा को अवस्थामा खसको राज्यसत्ता समावेशि
नभएको व्याख्या गरिएको छ, त्यसरि नै तराइमा पनि यदि पुरै तराइलाइ मधेस
प्रान्त घोषणा गरियो भने अरु अल्पमतका हरुप्रति शोषण भएको व्याख्या
भविष्यमा आउन सक्छ ।
त्यसैले, एक मधेश एक प्रदेस को अहिले जुन कुरा भै राखेको छ, त्यहि अवधारणा
तर फरक नामाकरण भयो भने त्यसले अर्कै मान्यता राख्न सक्छ जस्तो मलाइ
लाग्दछ। त्यसको लागि अल्पमतमा रहेका तर आदिवासि रहेका थारु हरुको भाषाबाट
कुनै शब्द मागेर मधेस को सट्टा त्यो नाम राख्दा आदिवासि माथि कदर गरेको
जस्तो पनि हुने, मौलिक नामाकरण पनि हुने हुन्छ। त्यसैले, कुनै उपाय नलागे
एक मधेस एक प्रदेस को प्रस्तावको सजिलो समाधान भनेको 'एक तराइ, एक थारुहट'
वा अरु कुनै यस्तै नामाकरण गर्नु हुनेछ।
मेरो यो प्रस्तावको आधार भनेको बहुमतमा परेकाको भन्दा अल्पमतमा परेकाको
आवाज उठाएको, वा अल्पमतको कदर गरे जस्तो गरेमा कम्तिमा पनि देख्नमा त
समावेशि देखिन्छ । आखिर नाम जे राखेपनि त्यो इलाकामा हालिमुहालि हुने त
मधेसि नै त हुन् । कसो?