[VIEWED 2660
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 10-26-05 8:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hey Dada Bro, Malai Sanju ko ati yaad aayo k garu yaar???? Please please euta DAAMI thread shuru garau na... in ur style, creativE/ interesting/ funny/ in NEPALI La dada bro........chhito bhanda chhito hai.........Kina Ki........Sanju ko ati bhanda ati yaad aayo, missing her so much :( Dada ko fan Amazing
|
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 10-27-05 7:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सञ्जुको याद आयो --------------------- -1- मुलडाँडी बोक्दा पनि यति नथाकेको जिऊ आज साह्रै थाक्यो, पिंङ् धेऽरै खेलेर, राजु, मिने, जिवनेहरु पनि थाके होलान् नि खेल्दा खेल्दै र मच्चाउँदा मच्चाउँदै। अब घरतिर लागम् भन्ने बेला हुनै लाग्या थियो सञ्जुले जिध्दी गरी, "अब लास्टाँ एकै ताल खेलेर फर्कुम्।" हामी पिंङ् चढेसी मिने र राजुले कानेखुशी गरे। ल तिमेरु खेल्दै राख भुनेर बाटो लागे। सञ्जु र मेरो तौलो मिल्ने हुनाले उनीहरुले मच्चाउन छोडेसी, पिंङ् त तराजु जस्तो एकै ठाममा अडिरह्यो। उत्तोलकले सन्तुलन मिलाइरह्यो। राजु र मिने मौवाको फेदबाट अलाप भइसके पनि हामिले केहि बेर आउँछन् होला भन्ने आशा गर्न छोडेनम्। अब त तिनीहरु आउने आशा पनि मेटियो। "दादा अब कसरि झर्नी हो?" सञ्जुको स्वरमा हाँसो र रोदनको समिश्रण थियो। "झर्न नसके रातभरि यहिँ बसौँला।" मैले सञ्जुलाई शान्त्वना दिँदै भनेँ। "गण्डकी पारि, लसुन घारि, बार बार्नु पर्दैन तिमी कन्या केटी, म कुमार केटा, डर मान्नु पर्दैन सञ्जु, डर मान्नु पर्दैन ... ... ..."
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 10-27-05 7:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-2- "लेकाली हे हे चोयाको डोको सानु माया हे हे लगाउने धोको नपुग्दै मर्छु पो क्यारे! हे, भन सोल्टी बरोबर नढाँटी! हे, भन सोल्टी बरोबर नढाँटी! रातो चोलो, पाखुरीमा टिमिक्कै माया बस्यो, आँखैमा झिमिक्कै के गोऽड्नु कर्कलो बारी पर्ख तिम्लाई रोइरने नपारी बैँशैमा! बैँशैमा मर्छु पो क्यारे! हे, भन सोल्टी बरोबर नढाँटी! हे, भन सोल्टी बरोबर नढाँटी! ... ... ... " पिङ्बाट झरेसी हामी त नाच्न पो थालियो, शरदका ती जुनेली रातमा। पारिको पहरोमा हाम्रो आवाज ठोकिएर प्रतिध्वनी हामीतिरै फर्किँदै हाम्लाई जोस माथि जोस थपेको थियो। एकैछिनमा राजुपनि मादल भिरेर हामिसितै मिसियो, सिरे र जुमनी पनि हात समातेर नाच्न थाले। म र सञ्जु घरि पिङ् मा घरि सुर्के गर्होमा लडिबुडी खेल्दै थिएम्। राजु र नमे पनि हात समातेर नाच्न थाले, घरि उठ।दै घरि बस्दै नि अब, के भन्नी। यस्तैमा जिवने र खेमेपनि च्याग्राको मासु गन्हाउँदै आइपुगे र पिङमा झुन्डिन थाले। उनीहरुका हातमा सेल रोटी थिए। हामी भने घरमा ३,३ खाएर आएको भएपनि उनीहरुको हातमा सेलरोटी देखेसी खान मुन लायो। सञ्जुले उनीहरुको हातबाट सेलरोटी लिवदै रजुलाई दिई र राजुले सेलरोटी भाँचेर बाँड्यो। हामी पकुम पकुम् सेलरोटी खान थालेम्। यसबेला नवमीको मध्यरात भइसकेको थियो। हामी थाकेर होला सबैजना चुप चाप लाग्न पुगिएछ, पत्तै भाएन। पिङको चुईँ चुईँ गरेको आवाजमात्र सुनिँदै थियो। घरि घरि "पपि" भुकेको आवाज पनि नेपथ्यमा सुनिन्थ्यो। मुखियाबाको सुर्के गर्हाको खिर्राको फेदनिर सिरे र जमुनीको छाँया मात्र देखिन्थ्यो। ... ... ...
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 10-27-05 7:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माफ गर्नुस् है, अहिले नयाँ सुनाउन अनुकुल मिलेन। चौतारीमा हजुरलाई नदेखेकोले यहाँ पनि टाँसेको मात्र।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 10-28-05 7:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
La aba maja aaune bho........ Thanks Dada giri for starting another interesting thread!!!
|
|