[Show all top banners]

Amazing

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Malaysia- Good news for Neps
[VIEWED 752 TIMES]
SAVE! for ease of future access.
Posted on 08-08-07 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Isnt it a GOOD NEWS for we Nepalis???

मलेसियामा सुरक्षागार्ड अब नेपाली मात्र
--------------------------------------------
विजयबाबु खत्री


काठमाडौं, साउन २२ - मलेसिया सरकारले सुरक्षागार्डमा नेपालीलाई मात्र राख्ने भएको छ । यो निर्णयले करिब थप एक लाख नेपालीले रोजगारको अवसर पाउने छन् ।
मलेसियाले नेपालीबाहेक अरू विदेशी सुरक्षाकर्मी राख्न नपाउने निर्णय सोमबार गरेको हो । अहिले त्यहाँ तीन लाखभन्दा बढी नेपाली कामदार छन् । तीमध्ये करिब ३० हजार सुरक्षागार्ड छन् ।

भारत, पाकिस्तान, बंगलादेश, भियतनाम, कम्बोडिया, इन्डोनेसिया लगायतबाट आएका सुरक्षाकर्मीलाई मंगलबारदेखि अरू काममा लगाउन सम्बद्ध कम्पनीलाई मलेसिया सरकारले निर्देशन दिएको छ । उनीहरूको सट्टामा छिट्टै मलेसिया र नेपालका नागरिकलाई नियुक्त गर्न सार्वजनिक सूचना जारी भएको छ ।

मलेसियामा रहेका नेपालीमध्ये सुरक्षागार्डका रूपमा काम गर्नेहरूको कमाइ बढी छ । उनीहरू प्रतिमहिना कम्तीमा ३० हजार कमाउँछन् ।

क्वालालम्पुरबाट मंगलबार प्रकाशित द स्टार दैनिकका अनुसार आन्तरिक सुरक्षा सहायकमन्त्री जोहरी बाहारोमले पाकिस्तानी नागरिकलाई सुरक्षाकर्मीका रूपमा काममा लगाउन सधैंका लागि प्रतिबन्ध लगाइएको बताएका छन् ।

गत साता एक पाकिस्तानी सुरक्षागार्डले २० वषर्ीया युवती ताङ मेङलाई बन्दरमहकोटास्थित निवासमा बलात्कारपछि हत्या गरेको पुष्टि भएलगत्तै मलेसियाले यो निर्णय गरेको हो । मेङलाई उनकै घरका सुरक्षागार्डले हात पछाडि बाँधेर हत्या गरेका थिए ।

मलेसिया सरकारको निर्णयमा नेपाली पूर्वसैनिक तथा प्रहरी र गोर्खालीलाई 'सुरक्षागार्ड' को रूपमा कम्पनी तथा आवासमा राख्न दिने उल्लेख छ ।

मलेसियालीले समेत यस्तो काम गर्न पाउने भए पनि बढी बिदा लिने प्रवृत्तिका कारण कम्पनीहरू उनीहरूलाई राख्न इच्छुक देखिन्नन् ।

गैरआवासीय नेपाली संघ, मलेसिया समन्वय समितिका उपाध्यक्ष हरि भट्टराईका अनुसार ठूला आवासीय भवन, बैंक, औद्योगिक कारखाना, होटल लगायतमा बर्सेनि झन्डै १ लाख गार्डको माग छ । 'यो निर्णयले बंगलादेशी कामदार खुला गरेपछि प्रभावित भएको मलेसियाको श्रम बजारमा नेपालीका लागि फेरि नयाँ अवसर सिर्जना भएको छ,' उनले टोलिफोनमा कान्तिपुरसँग भने ।

मलेसियामा बढ्दो आपराधिक गतिविधिसँगै पछिल्ला केही वर्षयता गार्डको माग बढेको छ । अहिले साना पसल, ट्राभल एजेन्सी, रेस्टुराँ र कार्यालयहरूमा बढी माग छ ।

अध्यागमन विभाग प्रमुख इसाक मोहम्मदले सुरक्षागार्डका रूपमा कार्यरत नेपालीबाहेक अरू विदेशीलाई जिम्मेवारी परिवर्तन गर्न निर्देशन दिएका हुन् । काम गर्ने स्थान र पेसा परिवर्तनसम्बन्धी कानुन कडा भए पनि मलेसियाले अरू देशका सुरक्षागार्डलाई अर्कै काममा लगाउने छुट अध्यागमनले दिएको छ । अध्यागमनले नेपाली र मलेसियालीबाहेकलाई सुरक्षागार्डको काम लगाएको देखेमा खबर गर्न हटलाइन टेलिफोनको व्यवस्था गरेको छ । त्यस्ता कम्पनीलाई १० हजार रिंगेट जरिवाना र तीन वर्ष जेल वा दुवै सजायको प्रावधान राखिएको छ ।

सहायकमन्त्री जोहरीेले सरकारी निर्णय उपेक्षा गर्ने एजेन्सीको अनुमतिपत्र रद्द गरिने बताएका छन् । 'विदेशी कामदार बिदा नलिई काम गर्न तयार भएकाले प्रायः कम्पनी विदेशी कामदार लिन रुचाउँछन् । 'हामी सामाजिक शान्तिका लागि यो निर्णय गर्न बाध्य छौं,' उनले सञ्चारमाध्यमलाई भनेका छन् ।

मन्त्री जोहरीले विदेशी र पाकिस्तानी नागरिकलाई सुरक्षाकर्मी राख्ने कम्पनीमा कडा अनुगमन गर्ने जनाएका छन् । उनका अनुसार कुल विदेशी श्रम शक्तिमध्ये ५ प्रतिशतभन्दा बढी सुरक्षागार्ड रहेकाले यसबाट ठूलो असर पर्दैन ।

उनले नेपाली सुरक्षागार्डहरू बहादुर, अनुशासित र विश्वासिला मानिन्छन् ।

http://www.ekantipur.com/
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters