[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 राहुल गान्धीले नेपाली युवतीसँग बिहे गर्ने !
[VIEWED 3459 TIMES]
SAVE! for ease of future access.
Posted on 01-23-13 8:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 http://www.onlinekhabar.com/2013/01/34902/

राहुल गान्धीले नेपाली युवतीसँग बिहे गर्ने !

 

65
 

१० माघ, काठमाण्डौ । भारतका भावी प्रधानमन्त्रीका रुपमा लिइएका राहुल गान्धीले नेपाली युवतीसँग बिबाह गर्न लागेको चर्चा यतिखेर केही भारतीय मिडियाहरुले गरिरहेका छन् ।

४२ बषिर्य राहुल गान्धी र सीएनएन टेलिभिजनको भारतस्थित कार्यालयमा काम गर्ने नेपाली युवती सुम्निामा उदासवीच प्रेम रहेको चर्चा मिडियाहरुले गरिरहेका छन् । सन् २०१४ को आमचुनावअघि नै उनीहरुले बिबाह गर्न लागेको चर्चा पनि चलिरहेको छ ।

यही चर्चाका बिच केटीका बाबु भिम उदास दिल्ली जानुका पछाडी कुनै तालमेल त छैन भनी बुधबारको जनआस्थासाप्ताहिकले छापेको छ ।

गैरआवासीय नेपाली संघ स्थापना गर्दा उपेन्द्र महतोको कोर टीममा रहेर संगठन बनाएका राष्ट्रसंघका पूर्व कर्मचारी भीम उदासकी छोरी हुन सुम्निमा । राष्ट्रसंघीय खाद्य कार्यक्रमका लागि बिभिन्न देशमा कन्ट्री डाइरेक्टरसमेत रहेका उनी अहिले अबकाश जीवन नेपालमा बिताइरहेका छन् । उपेन्द्र एनआरएन अध्यक्ष रहँदासम्म उनी उपाध्यक्ष थिए ।

छोरी सुम्निमाले अमेरिकाको भर्जिनियाबाट प्रसारण पत्रकारीतामा स्नातक गरेकी हुन् । बुद्ध धर्मसम्बन्धी बिस्तृतमा अध्ययन गरेकी सुम्निामा सात बर्षदेखि दिल्लीस्थित सीएनएन कार्यालयमा कार्यक्रम उत्पादकका रुपमा कार्यरत छिन् ।

पारिवारिक स्रोतका अनुसार सुम्निामा र राहुलवीच राम्रो मित्रता छ । केही दिनअघि जयपुरमा भएको केन्द्रीय समितिको वैठकमा गरमागरम भाषण गरेलगत्तै सुम्निमाले राहुलसँग कुरा फोनमा कुरा गरेकी थिइन् । तर उनले राहुलसँगको घनिष्टताबारे केही पनि बताएकी छैनन् । यसैवेला उनका पिता भीम उदास भने नेपालका निम्ती जोर्डनको महाबाणिज्यदूत बन्न आबश्यक कागजात लिन दिल्ली पुगेका छन् ।

एनआरएन नेतृत्ववीच राहुल एनआरएनका ज्वाई बन्न लागेको चर्चा सुरु भइसकेको छ । तर, भीमले अहिलेसम्म राहुलसँगको छोरीको सम्बन्धबारे केही पनि नखोलेको उनीहरुले बताए ।

यसअघि उनको भुटानी राजा जिग्मेखेखरसँग पनि राम्रो सम्बन्ध थियो । दुवैको बिबाह गर्नेसम्मको कुरा पनि उठ्यो । तर शरणार्थी समस्या समाधान गर्न नसक्ने अबस्थामा दुवैले आ-आफ्नो बाटो रोजेको समाचारमा उल्लेख छ । उनीहरु दुवै जना कुनै बेलाका सहपाठी थिए ।


 
Posted on 01-23-13 10:48 PM     [Snapshot: 274]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 अर्को बिदेशीले नेपाली चेली बिहे गरेर लाने भो! त्यो पनि धोती ले!  
 
Posted on 01-24-13 6:44 AM     [Snapshot: 577]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pahila raghupati raam bhanne le euta udhayo ,aaba aarko rahule ko palo :D

 
Posted on 01-24-13 9:14 AM     [Snapshot: 796]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

इंडिया धोति भनेर हेप्थेउ अब इंडिया ज्वाई हुने भयो गोर्खेय्हरुको

 
Posted on 01-24-13 9:59 AM     [Snapshot: 862]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

साप dude ,
मलाई त लाग्दैन कुनै नेपालीले  साचिकै भारतीयलाइ   उसकै अगाडी धोति भनेर हेप्छ/ हेप्न सक्छ, चाहे अमेरिकामा होस् या कतै | खाली इन्टरनेटमा मात्र गाली गर्ने हुन् | बरु साचिकै नेपाली तर मधेसबासी लाइ चै निकै हेप्चन काठमाडौँ र मुख्य मुख्य सहरमा --धोति भनेर | येसो भनेर काठमाडौँका सबै हजाम र तरकारी बेच्ने अनि खाली सिसिवाला हरु सबै नेपाली मधेसे हुन् भनेको पनि होइन |

एउटा कुरा के भने , येदि यो हल्लामा दम छ र साचिकै तथाकथित् 'प्रिन्स charming '  अनि भाबी प्रधानमत्रीले नेपाली केटि बिहे गरे भने नेपालका प्रधानमन्त्रि , मन्त्रि अनि नेताहरुलाई चै सजिलो नै हुन्छ , जमाई साहेप भन्दै चाकडीमा जानको लागि | अलि सजिलो संग time पाउचन भेट्नलाई | हुनपनि रास्ट्रपति नै भारतीय प्रधन्मत्रिको निवासमा भात खान जाने देश पर्यो हाम्रो , protocol को वास्तै नगर्ने | बिगत १० बर्समा भारतको प्रधानमन्त्रि वा राष्ट्रपतिले एकपल्ट पनि नेपाल नआए पनि हुने , नेपालको रास्ट्रपति , प्रधानमत्री चै बर्सको एकपल्ट जानै पर्ने , दसैको टिका थाप्न गए जस्तै |

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters